नेपाल पुलीस क्लव राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगको शिर्षस्थानमा उक्लिएको छ । आज भएको खेलमा फ्राण्ड्स क्लवलाई ३/० ले हराँउदै पुलसिले तालीकाको अग्र स्थानमा मनाङ मर्स्याग्दीलाई उछिनेको हो । लिगमा ६ खेल खेलेको पुलसिको १४ अंक छ भने एक खेल कम खेलेको मनाङको १३ अंक रहेको छ । आजको खेलमा पुलीसलाई विजयी गराउन जुमानु र्राई, भोला सिलवाल र चेतन घिमिरेले एक एक गोल गरे । लिग अर्न्तर्गत आजको पहिलो खेलमा मच्छिन्द्र फुटबल क्लवले न्यूरोड टिम एनआरटीलाई गोलरहीत बराबरीमा रोकेको छ । पछिल्लो खेलमा पुलीस क्लवसँग पराजीत भएको एनआरटी आजको बराबरीपछि थप दवावमा परेको छ । लिगमा ६ वटा खेल खेलेको एनआरटी ११ अंकसहीत तेस्रो स्थानमा रहेको छ । यता मच्छिन्द्र क्लव भने ९ अंक बटुल्दै लिग तालीकाको चौंथो स्थानमा उक्लिएको छ । लिग अर्न्तर्गत भोलि हुने खेलहरुमा सशष्त्र प्रहरीको एपिएफ टिमले संकटा क्लवको सामना गर्नेछ भने मनाङ मर्स्याग्दीले रानीपोखरी कर्नर टिम आरसीटीको सामना गर्नेछ ।