समुह चरणका सबै खेल जित्दै नेपाल एसीसी युथ सिक्स्टिन एलिट कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमीफाईनल प्रवेशको लागि महत्वपूर्ण मानीएको आजको खेलमा नेपाली किशोरहरुले बहर्राईन माथि ८५ रनको शानदार जित हात पारे ।यसपल्ट पनि नेपालको जितमा नायक साबीत भए अलराउण्डर निश्चल पाण्डे । व्याटीङतर्फ७४ रन बनाएका पाण्डेले बलीङतर्फ५ विकेट हात पारे । जारी प्रतियोगीताका तिन खेलमा पाण्डेको यो दोस्रो अर्धशतक हो भने ५ विकेट हात पारेको पनि दोस्रो अवसर नैं हो । विरेन्द्र सैनिक विद्यालय भक्तपुरको मैदानमा भएको खेलमा टस जितेर व्याटिङ गरेकोे नेपालले निर्धारित ४० ओभरमा ७ विकेट गुमाएर २ सय ६ रन बनायो । नेपालका लागि निश्चल पाण्डेले ७४ रन बनाए भने हरि चौलागाईले अविजित रहँदै २७ रनको योगदान दिए । बलीङतर्फबहर्राईनका निखील र ललिथले दुई दुई विकेट लिए । २ सय ७ रनको विशाल चुनौती पाएको बहर्राईनले निर्धारीत ४० ओभरमा ९ विकेट गुमाएर १ सय २१ रन मात्रै बनाउन सक्यो ।