Jul 29, 2010 20:28:41
च्याम्पियन्स लिग
» Nep » Eng
March 11, 2010 -- Updated 1056 GMT (1641 NST)

इंग्लीस क्लव आर्सनल र जर्मनीको बायर्न म्यूनीख यस वर्षो युएफा च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा पुगेका छन् । गएरातीको खेलमा आर्सनलले पोर्चुगलको एफसी पोर्र्टोलाई ५-० ले हरायो । खेलमा आर्सनलको लागि निक्लास बेन्ड्टनरले हृयाट्रिक गरेभने समीर नास्री र एबोएले एक एक गोल गरे । गएरातीको नतिजापछि आर्सनल समग्रमा ६-२ ले विजयी हुँदै अन्तिम आठमा पुगेको हो । यसअघि पोर्र्टोको मैदानमा भएको पहिलो लेगको खेलमा आर्सनल २-१ ले पराजीत भएको थियो । च्याम्पियन्स लिग अर्न्तर्गत गएरातीकै अर्को खेलमा इटालीको फियोरेन्टीनाले जर्मनीको बायर्न म्यूनीखलाई ३-२ ले हराएको छ । तर गएराती पराजीत भएपनि पहिलो लेगको खेल २-१ ले जितेको बायर्न म्यूनीख समग्र नतिजा आफ्नो पक्षमा पार्दै प्रतियोगीताको क्वाटरफाईनलमा प्रवेश गर्‍यो । एग्रीगेटमा ४-४ गोलको बराबरी भएपछि प्रतिद्धन्दी क्लवको मैदानमा गरेको अवे गोलको आधारमा बायर्न म्यूनीख क्वाटर फाईनलमा उक्लेको हो ।