अष्ट्रेलिया विरुद्धको एक दिवसीय क्रिकेट श्रृंखलामा कमजोर प्रदर्शन गर्ने पाकिस्तानी क्रिकेट टोलीका सात जना खेलाडी कारवाहीमा परेका छन् । खराब प्रदर्शनबारे छानविन गर्न गठीत समितीले बुझाएको प्रतिवेदनको आधारमा पाकिस्तान क्रिकेट बोर्डले खेलाडीमाथि कारबाही गरेको हो । यसरी कारबाहीमा पर्ने खेलाडीहरुमध्ये मोहमद युसुफ र युनुस खानलाइ अन्तराष्ट्रिय क्रिकेट खेलबाट आजीबन प्रतिबन्ध लगाएको छ भने शोयब मलिक र राना नावेद उल हसनलाइ एक बर्षा लागी प्रतिबन्ध लगाइएको छ । यसैगरी कामरान अकमल, उमर अकमल र शहिद अप|mीदीलाई ६ महीनाका लागी प्रतिबन्ध लगाईएको छ । क्रिकेट बोर्डले यी सबै खेलाडीहरुलाइ २० देखि ३० लाख भारतीय रुपैंया सम्मको जरिवाना पनि गरेको छ । अष्ट्रेलियामा भएको एक दिवसीय श्रृंखलामा पाकिस्तानी खेलाडीहरुले म्याच फिक्सीङ गरेको हुनसक्ने चर्चा चलिरहेको बेला खेलाडीहरु माथी कारवाहीको खबर बाहीर आएको हो ।