Jul 29, 2010 20:11:15
तेक्वान्दो रघु सरको
» Nep » Eng
March 11, 2010 -- Updated 1052 GMT (1637 NST)

प्रथम उपत्यकाव्यापी अन्तरविद्यालय ओर्‍याकल तेक्वान्दो प्रतियोगिता राजधानीमा सम्पन्न भएको छ । ओर्‍याकल स्कुलको आयोजनामा सम्पन्न प्रतियोगितामा र्सवाधिक ६ स्वर्ण पदक जित्दै विजेश्वरी ज्ञान मन्दीर माध्यमीक विद्यालयले पहिलो स्थान ओगट्यो । ४ स्वर्ण जितेको गौरी शंकर उच्च माध्यमिक विद्यालयले दोस्रो तथा २ स्वर्ण जित पारेको माछापुच्छ्रे बोर्डिङ्ग स्कुलले तेस्रो स्थान हात पारे । प्रतियोगिताको समापन कार्यक्रममा बंगलादेशको ढाकामा सम्पन्न ११औ दक्षिण एशियाली खेलकुदमा तेक्वान्दोबाट स्वर्ण पदक विजेता खेलाडीद्वय दिपक विष्ट र आयषा शाक्यलाई सम्मान पनि गरिएको थियो । फागुन २४ गते देखि २६ गते सम्म चलेको प्रतियोगितामा उपत्यकाका १५ विद्यालयका २ सय ५० विद्यार्थीले भाग लिएका थिए ।