शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगीता जारी रहँदा क्लवहरु गतिलो प्रायोजकको खोजीमा व्यस्त छन् । शिर्षक्लवहरुले भरपर्दा प्रायोजकलाई हातमा लिईसकेका छन् भने प्राय क्लवहरु अझै प्रायोजकको खोजीमा तल्लीन छन् । जारी लिगमा स्तरीय प्रदर्शन गर्दै आएको पुलीस क्लवलाई समाजसेवी विरेन्द्रलाल श्रेष्ठले खेल सामग्री प्रायोजन गर्नुभएको छ । श्रेष्ठले उपलब्ध गराउनुभएको खेल पोशाक प्रहरी वरिष्ठ उपरिक्षक प्रकाश अर्यालले खेलाडीहरुलाई हस्तान्तरण गर्नुभयो । लिगमा पाँच खेल सकिंदासम्म पुलीस क्लव तिन जित र दुई बराबरी खेल्दै ११ अंकको साथ तालीकाको दोस्रो स्थानमा रहेको छ ।