Jul 29, 2010 19:58:41
शहिद स्मारक लिग
» Nep » Eng
March 11, 2010 -- Updated 1048 GMT (1633 NST)

शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगीतामा शिर्षक्लवहरुको फितलो प्रदर्शन जारी छ । उपाधि दावेदार मानिएको मनाङ मस्याङ्गदीले जारी लिगमा पहिलो बराबरी खेल्यो भने अर्को दावेदार थ्रिस्टारले तेस्रो बराबरी खेल्न पुग्यो । शिर्षस्थानमा रहेको मनाङ मस्याङ्गदीलाई आज भएको खेलमा तालीकाको पुछारको क्लव व्वाइज युनियनले गोलरहीत बराबरीमा रोकेको हो । शुरुवाती ४ खेलमा जित हात पार्दै १२ अंक बटुलेको मनाङ आजको बराबरी पछि पनि लिग तालीकामा भने अग्र स्थानमै अडिएको छ । यता आजको बराबरी पछि, पाँच खेलमा एक खेल जित्दै तिनमा बराबरी गर्न सफल व्वाइज युनियनले आफुलाई लिग तालिकाको पुछारमा रहेका संकटा र शसष्त्रको एपिएफ भन्दा माथी उकासेको छ । आजको दोस्रो खेलमा खराब र्फमबाट गुज्रीरहेका त्रिभुवन आर्मी र थ्रिस्टार क्लवले एक एक गोलको बराबरीमा चित्त बुझाए । खेलको ६०औ मिनेटमा हरी महतोको गोल मार्फ आर्मीले अग्रता लिएको थियो । खेल सकिन एक मिनेट मात्र बाँकी रहँदा स्ट्राईकर सन्तोष साहुखलले गोल फर्काउदै थ्रीस्टारलाई हारबाट जोगाए । पाँचौ चरणका खेलहरुको समाप्तिपछि १३ अंक सहित मनाङ्ग मर्स्याङ्गदी शीर्ष स्थानमा रहेको छ भने नेपाल पुलिस क्लब र न्युरोड टिम ११ र १० अंक सहित क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।