Jul 29, 2010 20:02:27
इंग्लीश प्रिमियर लिग
» Nep » Eng
March 10, 2010 -- Updated 0853 GMT (1438 NST)

इंग्लीश प्रिमियर लिग अर्न्तर्गत गएरातीको खेलमा विगान एथ्लेटीकले लिभरपुललाई पराजीत गरेको छ । कमजोर मानिएको विगानको मैदान जेजेबि स्टेडियममा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन हृयुगो रोडालेगाले निर्णायक गोल गरे । खेलमा लिभरपुलका स्ट्राईकर फर्नान्डो टोरेसले झण्डै आधा दर्जन गोल गर्ने अवसरहरु खेल फालेका थिए । गएरातीको हारपछि लिभरपुलको आगामी सिजनमा युएफा च्याम्पीयन्स लिग खेल्ने संभावना निकै कमजोर भएको छ । २९ खेल खेलेको लिभरपुलको ४८ अंक रहेको छ भने दुई खेल कम खेलेको म्यान्चेस्टर सिटी ४९ अंकको साथ पाँचौ स्थानमा छ । इंग्लीश प्रिमियर लिगमा शिर्ष४ स्थानभित्र अटाउने टोली च्याम्पीयन्स लिगको लागि छनौट हुने प्रावधान छ ।