| क्रिकेटरहरु सम्मानित
|
» Nep » Eng
March 10, 2010 -- Updated 0852 GMT (1437 NST)
|
दुई हप्ता अघि काठमाडौंमा सम्पन्न आईसीसी वर्ल्ड लिग डिभिजन फाइभ क्रिकेटमा विजयी नेपाली टोलीका सदस्यहरु मध्ये क्षेत्र नम्बर ४ भैरहवाका चारजना क्रिकेटर र टिमका सहायक प्रशिक्षकलाई आज भैरहवामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । उक्त प्रतियोगितामा सहभागी खेलाडीहरु शक्ति गौचन, बसन्त रेग्मी, राहुल बिक, अमृत भट्टर्राई र सहायक प्रशिक्षक जगत टमाटालाई क्षेत्रिय क्रिकेट विकास समिति क्षेत्र नम्बर चार भैरहवा र जिल्ला क्रिकेट संघ रुपन्देहीले सम्मान गरेका हुन् । सम्मानित हुन सफल सबैले जनही २० हजार नगद र सम्मानपत्र हासिल गरेका छन् ।
|
|
|
|
|