Jul 29, 2010 19:44:54
खेलाडी बिदाई
» Nep » Eng
March 10, 2010 -- Updated 0851 GMT (1436 NST)

१३औ वर्ल्ड इन्डोर एथ्लेटीक्स च्याम्पीयनशीपमा भाग लिने नेपाली एथ्लेटिक्स खेलाडी र पदाधिकारीलाई आज शुभकामना सहित विदाई गरिएको छ । आगामी मार्च १२ देखि १४ सम्म कतारको दोहामा हुने प्रतियोगितामा भाग लिने एक जना खेलाडी र एक जना पदाधिकारीलाई आज राष्ट्रिय खेलकुद परिषदबाट विदाई गरियो । बंगलादेशमा सम्पन्न एघारौं सागमा गरेको प्रदर्शनका आधारमा प्रहरीका धिरेन्द्र चौधरीले प्रतियोगिताको १६ सय मिटर हर्डल रेशमा भाग लिने भएका हुन् । चौधरी भोली कतारको दोहा प्रस्थान गर्दैछन् ।