जावलाखेल युथ क्लवले शहिद स्मारक ए डिभिजन लिग फुटबलमा पहिलो जित दर्ता गरेको छ । ललितपुरे क्लव जावलाखेलले लिग अर्न्तर्गत आज भएको खेलमा सशष्त्र प्रहरीको एपीएफ टिमलाई ३-० ले हराएको हो । खेलमा जावलाखेललाई विजयी गराउन पुलीस क्लवका पुर्व खेलाडी योगेश श्रेष्ठले तिन गोल गरे । श्रेष्ठले गरेको यो हृयाट्रीक जारी लिगको पहिलो हृयाटि्रक हो । मध्यान्तर अघि एक र मध्यान्तर पछि दुइ गोल खाँदै तिन गोलले पछि परेको एपिएफका प्रकाश कार्की दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि थप दवावमा परेको विभागीय टोलिले खेलमा फर्किने मौका नै पाएन । यसअघि पुलीस क्लवसँग बराबरी खेलेर १ अंक बटुलेको जावलाखेलले आजको जितपछी लिग तालीकामा महत्वपूर्ण ३ अंक थप्यो । आजै भएको पहिलो खेलमा मच्छिन्द्र क्लवले रानीपोखरी कर्नर टिम आरसीटीलाई २-१ ले हराएको छ । खेलमा मच्छिन्द्रलाई विजयी गराउन कर्ण्रलम्बु र नरेश केसीले एक एक गोल गरे । पराजीत टोली आरसीटीको लागि एक गोल गर्दै सरेश श्रेष्ठले हारको अन्तर घटाएका थिए ।