नेपालले एसीसी अण्डर सिक्सटिन इलाईट कप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । आज भएको खेलमा कुवेतलाई १ सय १ रनले हराँउदै नेपालले लगातार दोस्रो जित हात पारेको हो । आजको खेलमा टस हारेर व्याटीङको निम्तो पाएको नेपालले १ सय ८३ रन बनायो । नेपालको लागि निश्चल पाण्डेले ५८ रन जोडेभने सरद खड्काले ३३ रनको योगदान दिए । १ सय ८४ रनको चुनौती पछ्याएको कुवेत ८२ रनमै अलआउट भयो । कुवेतलाई सस्तैमा समेट्न नेपालका निश्चल पाण्डेले ५ विकेट लिएभने विवेक चौधरीले तिन विकेट लिए । यसैगरी सुसनधारी श्रेष्ठ र राजीव शाहले एक एक विकेट लिए । हिजोदेखि काठमाडौंमा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले हङ्गकङ्गमाथि ६ विकेटको जित दर्ता गरेको थियो । तर आजै भएको अर्को खेलमा हङकङले बहर्राईनलाई पराजीत गरेको छ । हङकङको यो जितसँगै समुह बि बाट सेमीफाईनल पुग्ने समिकरण त्रिकोणत्मक बनेको छ । दुई खेल जितेको नेपालको ४ अंक छ भने एक एक खेल जितेका हङकङ र बहर्राईनको दई दुई अंक रहेको छ ।