इंग्लीश प्रिमियर लिग
» Nep » Eng
February 2, 2010 -- Updated 1105 GMT (1650 NST)

इंग्लीश प्रिमियर लिग अर्न्तर्गत गएरातिको खेलमा म्यानचेस्टर यूनाइटेड र म्याचेस्टर सिटी विजयी भएका छन् । उपाधी दावेदारहरुको भिडन्तमा म्यान्चेस्टर युनाईटेडले लण्डन क्लव आर्सनललाई ३-१ को स्पष्ट अन्तरमा पराजीत गर्‍यो । आर्सनलको मैदान इमाईरेट्समा भएको खेलमा पाहुना टोली म्यानचेष्टर युनाइटेडलाई विजय गिराउन वायन रुनी र जी सुङ पार्कले एक एक गोल गरे भने अर्को गोल अत्मघाति भएको थियो । आर्सनलका लागि एक मात्र सान्तोना गोल डिफेन्डर थोमस भर्मालनले गरे । गएरातिको खेलपछि अंकतालिकामा २३ खेल खेलेको चेल्सी ५४ अंकसाथ शीर्ष स्थानमै छ भने एक/एक खेल बढी खेलेका म्यानचेस्टर यूनाईटेड र आर्सनल क्रमश ५३ र ४९ अंकका साथ दोस्रो र तेस्रो स्थानमा रहेका छन् । प्रिमियर लिग अर्न्तगत गएरातिकै अर्को खेलमा म्यानचेस्टर सिटीले पोर्ट्समाउथलाई २-० ले हरायो । म्यानचेस्टर सिटिको मैदानमा भएको खेलमा घरेलु टोलिका लागि इमानुएल एडेबायो र भिन्से कोम्पानीले एक एक गोल गरे ।