मनाङ्ग मस्याङ्गदी क्लब पोखरामा जारी आठौ आहा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । प्रतियोगीतामा सोझै क्वाटरफाईनलमा प्रवेश पाएको बंगलादेशी टिम अनुपस्थित भएपछि आकस्मीक रुपले पोखरा पुगेको एन्फाको युथ सिक्स्टीन टोलीलाई पाखा लगाँउदै मनाङ अन्तिम चारमा पुगेको हो । पोखरा रंगशालामा आज भएको खेलमा मनाङ ४-१ को फराकीलो अन्तरमा विजयी भयो । खेलमा मनाङलाई विजयी गराउन शिव श्रेष्ठले दुई तथा दीपक भुषाल र सुजल श्रेष्ठले एक-एक गोल गरे । एन्फाका लागि एकमात्र सान्त्वना गोल हेम तामाङले गरेका हुन् । प्रतियोगीता अर्न्तर्गत भोलिको क्वाटरफाईनलमा इंग्ल्याण्डबाट आएको सहारा यूकेले ए डिभिजनको न्यूरोड टिम एनआरटी संग खेल्नेछ ।