Sep 04, 2010 01:40:55
सागमा क्रिकेट
» Nep » Eng
February 2, 2010 -- Updated 1056 GMT (1641 NST)

एघारौं सागको क्रिकेटतर्फनेपालले लगातार दोस्रो हार बेहोरेको छ । बंगलादेशको राजशाहीमा आज भएको खेलमा नेपाललाई श्रीलंकाले ६४ रनले पराजीत गर्‍यो । खेलमा टस जितेर पहिले ब्याटीङ गरेको श्रीलंकाले निर्धारीत २० ओभरमा ८ विकेट गुमाएर १ सय ६६ रन बनायो । नेपालका लागी रुपेश श्रीवास्तवले ४ विकेट लिएभने अनिल मण्डल, आकाश गुप्ता र ज्ञानेन्द्र मल्लले एक एक विकेट लिए । जवाफमा १ सय ६७ रनको चुनौती पछ्याएको नेपालले २० ओभरमा ३ विकेट गुमाएर १ सय २ रन मात्र बनाउन सक्यो । नेपालको लागि अनील मण्डलले २८ रन बनाएभने प्रदीप ऐरीले २४ तथा सुवास खकुरेलले २२ रनको योगदान दिए । पहिलो खेलमा बंगलादेशसँग ८ विकेटले हारेको नेपालले समुहको अन्तिम खेल आगामी बुधवार पाकिस्तानसाग खेल्नेछ ।