सागमा फुटबल
» Nep » Eng
February 2, 2010 -- Updated 1046 GMT (1631 NST)

११औ दक्षिण एशियाली खेलकुदको पुरुष फुटबलतर्फनेपालले लगातार दोस्रो हार व्योहोरेको छ । आज भएको खेलमा माल्दिभ्स संग १-० ले पराजीत भएपछि नेपाल समुह चरणबाटै बाहिरीएको छ । खेलमा अभागी साबित भएको नेपालले पेनाल्टि मार्फ निर्णय गोल खायो । खेल अवधिभर २ वटा पेनाल्टि हान्ने अवशर पाएको माल्दिभ्सले पहिलो पेनाल्टीमा गोल गर्‍योभने दास्रो प्रहारलाई नेपाली गोलरक्षक विकाश मल्लले रोकीदिए । तनावपूर्ण खेलको समाप्तीसँगै नेपाल र मालदिभ्सका खेलाडीहरुबिच मैदानमै झगडा भएको थियो । यसअघि फुटबलको पहिलो खेलमा नेपाल आयोजक बंगलादेश संग ३-०ले पराजित भएको थियो ।