Sep 04, 2010 00:32:47
सागमा चौंथो पदक
» Nep » Eng
February 2, 2010 -- Updated 1044 GMT (1629 NST)

११औ सागको चौथो दिन आज नेपालले थप तिन कास्य पदक हात पारेको छ । यो संगै नेपालको पदक संख्या ६ पुगको छ । नेपालका जुडो खेलाडीहरुले आज थप तिन कास्य पदक दिलाएका हुन् । आज भएको जुडोको पुरुषतर्फएक सय केजी भन्दामाथीको स्पर्धामा राजन जोशीले नेपाललाई एक कास्य पदक दिलाए । खेलमा जोशीले अफगानी खेलाडीलाइ हराएपनि पाकिस्तानी र बंगलादेशी खेलाडी संग पराजित भएपछि कास्यमै चित्त बुझाउनु परेको हो । यसैगरी लिफ्ट दुर्घटनामा र्घाईते भएकी देवु थापाले अफगानीस्तानकी खेलाडी लिनलाई हराएर कास्य पदक जितीन । आज राधादेवी र्राईले पनि एउटा कास्य पदक हात पारीन । यो समेत नेपालले प्रतियोगीतामा जुडोबाट मात्रै कुल ४ वटा कास्य पदक जितेको छ । यसअघि जुडोको ७३ केजी तौल समूहमा दिपककृष्ण श्रेष्ठले हिजो कास्य पदक जितेका थिए ।