प्रथम एसियन युथ गेम्स
» Nep » Eng
July 3, 2009 -- Updated 1045 GMT (1630 NST)

अघिल्लो दिन दक्षिण कोरियासँग सनसनीपूर्ण प्रदर्शन गरेको नेपाली महिला बास्केटबल टोली सिंगापुरमा जारी प्रथम एसियन युथ गेम्समा आज जापानसँग निरिह बनेको छ । नेपालले पदक दाबेदारसँगको खेल ३४-० स्कोरले गुमाएको छ । कोरियासँग पराजयका वाबजुद कडा चुनौती पेश गरेको नेपाली खेलाडीले आज एक स्कोर पनि बटुल्न सकेनन् । सशक्त प्रतिद्धन्दी जापानले दोस्रो क्वार्टर सकिन २ मिनेट बाँकी रहँदै खेल जितेको थियो । उचाइमा नेपाली खेलाडीभन्दा निकै अग्ला जापानीले पुरुष खेलाडीकै शैलीमा प्रदर्शन गरेका थिए । नेपाली खेलाडीमा समिक्षन विष्ट, नोरा गुरुड, शिवा कर्माचार्य र राजश्री साहले खेलेका थिए ।