प्रधानमन्त्रीका लागि कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलले एमाले अध्यक्ष झलनाथ खनाललाई भेटी आफुलाई र्समर्थन गरिदिन आग्रह गर्नुभएको छ । लोकतान्त्रिक गठबन्धन कायम राख्नका लागि पनि १७ गते हुने निर्वाचनमा आफूलाई सहयोग गर्न पौडेलले एमाले अध्यक्षसंग आग्रह गर्नुभएको हो । खनालले भने देशको स्वतन्त्रता, स्वाभीमान, र्सार्वभौमिताको रक्षा तथा शान्ति र संविधानका लागि राष्ट्रिय सहमतिको सरकारको विकल्प नभएको भन्दै त्यसका लागि सघाउन आग्रह गर्नु भएको थियो । यसैबीच, अमेरिकी राजदूत स्कट एच डिलिसीले पनि आजै एमाले अध्यक्ष खनाललाई भेटी सरकार निर्माण प्रक्रियाप्रति चासो ब्यक्त गर्नुभयो ।