Jul 29, 2010 19:51:34
जिल्ला विविध
» Nep » Eng
March 12, 2010 -- Updated 1122 GMT (1707 NST)

नुवाकोटको शिखरवेशीका मुइ लामालाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ । उनको साथबाट एक थान कटुवा पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सुनसरी पाँचकन्याकी मीना सुब्बाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले धरानका सुजन श्रेष्ठ, मुकेश मगराती र सुदिप श्रेष्ठलाई पक्राउ गरेको हो । धरानबाट धनकुटा जान लागेकी मीनालाई भेडेटार जंगलमा सामूहिक वलात्कार गरी हत्या गरेको प्रहरीले जनाएको छ । सुनसरीमै सुरक्षाको माग गर्दै स्वास्थ्यकर्मीले आज जिल्लामा आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा वन्द गरे । तीनदिन अघि वेलगछीया उपस्वास्थ्य चौकी हाताभित्र वम विस्फोट भएपछि काम गर्ने वातावरण नभएको भन्दै स्वास्थ्यकर्मीले आन्दोलन थालेका हुन् । उपस्वास्थ्य चौकी हाताभित्र भएको बम विस्फोटमा ६ वालवालिका घाइते भएका थिए । उता, झापामा आफ्ना सहकर्मीको हत्याको विरोधमा यातायात मजदुरहरुले आज जिल्लाभर यातायात बन्द गराए । झापाको सुरुङ्गाबाट विवाहको जन्ती लिएर गएको बसका चालक शेरबहादुर मगरको जन्तीको कुर्टाईबाट मृत्यु भएको थियो । मकवानपुरको पदमपोखरीमा आज विहान भएको मोटरसाइकल दुर्घटनामा स्थानीय सविन लामाको मृत्यु भएको छ । सो घटनामा घाइते भएका नकुल बलामी र शिशिर भारतीको भरतपुरमा उपचार भइरहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।