Jul 29, 2010 19:53:06
सरिता गिरी
» Nep » Eng
March 12, 2010 -- Updated 1120 GMT (1705 NST)

नेपाल सद्भावना पार्टी अध्यक्ष सरीता गिरीले निर्धारित समयमै संविधान बनाउने नामममा संविधानसभा भन्दा बाहिर संविधान लेख्ने खेल भएको भन्दै संविधान सभाको म्याद थप्नुपर्ने धारणा राख्नु भएको छ । आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा गिरीले अलोकतान्त्रिक तरिकाबाट संविधान बनाउनु भन्दा संविधान सभाको म्याद थप्नु उचित हुने वताउनुभयो । संविधान सभाले नै राज्य पुनर्संरचनाको टुङ्गो लगाउनु पर्नेमा जोड दिँदै उहांले राज्य पूर्नर्संरचना आयोग गठन गर्नु जरुरी नभएको वताउनुभयो ।