Jul 29, 2010 20:25:48
मृगौला दिवस
» Nep » Eng
March 12, 2010 -- Updated 1117 GMT (1702 NST)

मधुमेह रोग नियन्त्रण गरौं, मृगौलाको रोगवाट वचौं भन्ने मूल नारासहित आज विश्व मृगौला दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइयो । यसै क्रममा काठमाडौंमा र्‍यालीको आयोजना गरियो । शिक्षण अस्पतालको आब्हानमा निकालिएको र्‍यालीले नगरका विभिन्न ठाउँको परिक्रमा गरेको थियो । विश्वभर ५० करोड मानिस मृगौला रोगबाट पीडीत रहेको तथ्यांक छ । मधुमेह रोगका कारण मृगौला सम्वन्धि रोगीको संख्या पनि वढ्दै गएको छ । विश्वमा १० जना मध्ये १ जना मृगौलाको रोगी भएको विश्व स्वास्थ संगठनले जनाएको छ ।