अर्थमन्त्री सुरेन्द्र पाण्डेले राष्ट्रको कुल गार्हस्थ आम्दानीमा कृषिक्षेत्रले एक तिहाई भाग ओगटेको भन्दै आगामी बजेटमा कृषि क्षेत्रमा बजेट बढाइने बताउनु भएको छ । धादिङको भूमेस्थान गाविसको वडा नम्बर ४ को संग्रामटारमा स्थापित नमूना सामुदायिक प्राङ्गारिक कृषि फारमको आज उद्घाटन गर्दै मन्त्री पाण्डेले पृथ्वी राजमार्गलाई चार लेनमा विस्तार गर्ने र आसपासका क्षेत्रलाई कृषि उद्योग क्षेत्रका रुपमा विकास गर्ने योजना बनिरहेको बताउनु भयो । दनुवार र्राईहरुको बस्ती रहेको संग्रामटारमा इजरायल सरकारको सहयोगमा कृषि फारम निर्माण गरिएको हो । सो अवसरमा इजरायली राजदूत दान स्टेभनले नेपाल-इजरायलबीचको मैत्रि सम्बन्धको ५० वर्षपुगेको खुसियालीमा यो फारम स्थापना गरिएको भन्दै नेपाललाई सक्दो सहयोग गर्ने बताउनुभयो ।