सुर्खेत बसपार्कमा आज विहान भएको दुर्घटनामा घाइते भएका एकीकृत माओवादीका सुर्खेत जिल्ला इन्चार्ज ऋषि गौतमको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको छ । आफू चढेको मोटरसाइल बससंग ठोक्किंदा गम्भीर घाइते भएका गौतमलाई हेलिकप्टरबाट काठमाडौं ल्याई उपचारका लागि बी एण्ड बी अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको हो । गौतमसंगै मोटरसाइकलमा सवार ललित बोगटीको अवस्था भने सामान्य रहेको बताइएको छ । ठक्कर दिने बस र बसका चालकलाई भने जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । गौतमको शवलाई दिनभर माओवादी मुख्यालय कोटेश्वरमा राखिएको थियो ।