Jul 29, 2010 19:59:59
वाइसीएल-युथफोर्स झडप
» Nep » Eng
March 12, 2010 -- Updated 1114 GMT (1659 NST)

डोल्पामा माओवादी भ्रातृ संगठन वाइसीएलका कार्यकर्ताले स्थानीय पत्रकार सरोज थापालाई मरणासन्न हुनेगरी कुटपिट गरेका छन् । रेडियो नेपालका डोल्पा समाचारदाता थापालाई वाइसीएल कार्यकर्ताले उनी सुतेको राप्ती होटेलमा गई कुटपिट गरेका थिए । माओवादी कुर्टाईबाट गम्भीर घाइते भएका थापालाई उपचारका लागि नेपालगञ्ज लैजाने तयारी गरिएको भए पनि हेलिकप्टर उपलब्ध नहुँदा उनको अहिले डोल्पामै उपचार भइरहेको छ । पत्रकार थापासंगै रहेका एमाले भ्रातृ संगठन युवा संघका कार्यकर्ता रामप्रसाद बुढालाई पनि वाइसीएलले कुटपिट गरेका थिए । थापा र बुढालाई कुट्ने वाइसीएललाई लखेट्ने क्रममा वाइसीएल र एमाले युवाहरुबीच झडप हुँदा वाइसीएलका चन्द्रशेखर विश्वकर्मा, सिद्धीमान विश्वकर्मा र एमालेका रविन्द्र शाही घाइते भएका छन् । उनीहरुको अवस्था भने सामान्य रहेको बताइएको छ । वाइसीएलले आप\\\\mना कार्यकर्ता कुटेको विरोधमा नेकपा एमालेले आज डोल्पा बन्द गराएको छ ।