एमालेले पार्टीनेताहरुको जिम्मेवारीमा हेरफेर गरेको छ । आज बसेको केन्द्रीय कमिटी बैठकले पोलिटब्युरो सदस्य प्रदीप ज्ञवालीलाई प्रचार विभागको प्रमुखको जिम्मेवारी दिएको छ । यसअघि महासचिव इश्वर पोख्रेल प्रचार विभाग प्रमुख हुनुहुन्थ्यो । बैठकले संसदीय विभाग प्रमुखको जिम्मेवारी सचिव बिष्णु पौडेल र स्कूल विभाग प्रमुखको जिम्मेवारी बेदुराम भुसाललाई दिएको छ । त्यसैगरी बैठकले सल्लाहकार परिषद् गठन, जिल्ला विवाद समाधान सम्बन्धी कार्यदलका प्रतिवेदनलाई टुंङ्गोमा पुर्याउने र अञ्चल कमिटीहरुमा मनोनयन गर्ने जिम्मा स्थायी कमिटीलाई दिएको केन्द्रीय सदस्य योगेश भट्टर्राईले जानकारी दिनुभयो ।