Jul 29, 2010 20:29:05
फोरम आन्दोल
» Nep » Eng
March 12, 2010 -- Updated 1136 GMT (1721 NST)
फोरम आन्दोल
फोरम आन्दोल

मधेशी जनअधिकार फोरमले विगतमा आफूसंग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै सरकार विरुद्ध एक महिने आन्दोलनको घोषणा गरेको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गरी घोषणा गरिएका आन्दोलनका कार्यक्रममा तराइका विभिन्न ठाउँमा सभा र्‍याली गर्नेदेखि आमहड्ताल सम्म छन् । आन्दोलनका कार्यक्रम अनुसार चैत ५ गते तराइका जिल्ला सदरमुकामहरुमा प्रदर्शन तथा सभा गर्ने, १२ गते तराइका सबै जिल्लामा मसाल जुलुश प्रदर्शन गर्ने, १६ गते प्रधानमन्त्रीको राजिनामा माग गर्दै देशव्यापी प्रदर्शन गर्ने, चैत २४ गते दिनभर जिल्ला प्रशासन कार्यलयहरुमा धर्ना दिने र चैत २६ र २७ गते तर्राईका सम्पूर्ण जिल्ला बन्द गरिने छ । पत्रकार सम्मेलनमा फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकार मधेश विरुद्ध खनिएको र विगतका सम्झौता कार्यान्वयन नभएकाले आन्दोलनमा जानु परेको बताउनु भयो । उहांले सरकार राज्य संचालन गर्न पूरै असफल भएको भन्दै नयां राष्ट्रिय सरकार गठनका लागि वर्तमान सरकारले बाटो खुला गरिदिनुपर्ने माग पनि गर्नुभयो ।