Jul 29, 2010 20:24:54
खानेपानीको आपूर्ति मिलाउन आदेश
» Nep » Eng
March 12, 2010 -- Updated 1109 GMT (1654 NST)

ब्यवस्थापिका संसदको विकास समितिले खानेपानी आपूर्तीको सहज ब्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । आज सिंहदरबारमा बसेको समितिको बैठकले सबै नेपालीलाई र्सबसुलभ ढंगले खानेपानी उपलब्ध गराउन निर्देशन दिएको समितिका सभापति जितेन्द्र सोनारले जानकारी दिनुभयो । समितिले खानोपानीको समस्या समाधानका विषयमा भौतिक योजना मन्त्रालय, खानेपानी संस्थान तथा काठमाण्डौ खानेपानी लिमिटेडका अधिकारीसँग छलफल गरेको थियो । समितिले खानेपानी संस्थानमा निष्पक्ष ढंगले कर्मचारीको नियुक्त गर्न पनि निर्देशन दिएको छ ।