Jul 29, 2010 19:56:18
राष्टसंघीय उपमहासचिव शिविरमा
» Nep » Eng
March 12, 2010 -- Updated 1102 GMT (1647 NST)

नेपाल भ्रमणमा रहनु भएका राष्ट्रसंघीय उपमहासचिव बी.लिन पास्कोले आज माओवादी लडाकुको चितवन शक्तिखोरस्थित तेस्रो डिभिजन शिविरको निरिक्षण गर्नु भएको छ । हेलिकप्टरबाट शिविरमा पुगेका पास्कोले शिविरमा रहेका लडाकु र हतियारको निरीक्षण गर्नु भएको थियो । उहांले शिविरका अन्मिन सम्वद्ध कर्मचारी र लडाकु कमाण्डरसंग पनि छलफल गर्नु भएको थियो । शिविर निरीक्षणपछि पत्रकारहरुसंग कुरा गर्दै पास्कोले नेपालका दलहरुले भने झै अन्मिले पक्षपातपूर्ण ब्यवहार नगरेको दाबी गर्नुभयो । दुइ घण्टा शिविरमा विताएर उहां काठमाडौं र्फकनु भएको थियो । पास्कोसंगै शिविरमा गएका सञ्चारकर्मीलाई भने लडाकुले शिविरमा प्रवेश गर्न नदिई फर्काएका थिए ।