Jul 29, 2010 19:45:32
कृषक प्रदर्शन
» Nep » Eng
March 11, 2010 -- Updated 1040 GMT (1625 NST)

बाराको सदरमुकाम कलैयामा स्थानीय व्यापारी र गाउँगाउँबाट आएका कृषकहरुबीच झडप हुंदा १ दर्जन भन्दा बढी कृषक घाइते भएका छन् । प्रदर्शनका क्रममा कृषकहरुले ५० वटा भन्दा बढी साइकल समेत तोडफोड गरेका थिए । जिल्ला कृषि कार्यालयले वितरण गरेको मकैको विउ छरेको १३ हेक्टर जमिनमा मकै नफलेको भन्दै आक्रोशित कृषकले जिल्ला कृषि र जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन गरेका थिए । सो क्रममा कृषकहरुले कलैया-बीरगञ्ज सडकखण्ड पनि बन्द गराएका थिए । आक्रोशित भीडले जवर्जस्ती कलैया बजारका पसलहरु बन्द गराउने क्रममा दुई पक्षबीच झडप भएको थियो । यता, जिल्ला कृषि कार्यालयले भने आफूले वितरण गरेको मकैको घोगामा दाना नलागेको भन्ने दाबीबारे अनुसन्धान गर्ने जनाएको छ ।