Jul 29, 2010 19:52:48
कालीबाबा
» Nep » Eng
March 11, 2010 -- Updated 1038 GMT (1623 NST)

नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियानमा रहनुभएका कालीबाबाले हिन्दु धर्म नै सबै धर्मको संरक्षक भएको दावी गर्नुभएको छ । चितवनको ठिमुरास्थित चितवन दुग्ध उत्पादन केन्द्रको निरीक्षण गर्दै बाबाले हिन्दु धर्म बिना नेपालको अस्तित्व नरहने भन्दै यस धर्मको संरक्षणमा लाग्न सबैलाई आग्रह गर्नुभयो । आफू धर्म जोगाउन हिडेको, राजा जोगाउन होइन भन्दै बाबाले राजा रहने नरहने जनताकै चाहनामा भरपर्ने बताउनुभयो ।