| निर्वाचन आयोग
|
» Nep » Eng
March 11, 2010 -- Updated 1037 GMT (1622 NST)
|
लामो समयदेखि आयुक्तविहिन रहेको निवार्चन आयोगले राजनीतिक दल दर्ता किताव निकालेको छ । ४२ केजी तौल भएको यस कितावमा २१ सय पृष्ठ रहेका छन् । किताबमा करिव १ सय ७० वटा दलको अभिलेख राख्न सकिने छ । यो किताव तयार गर्न ५ महिना लागेको आयोगले जनाएको छ । संविधान सभाको निर्वाचनका क्रममा दर्ता भएका दलको दर्ता क्रमलाई आधार मानी यस कितावमा अभिलेख राखिने पनि आयोगले जानकारी दिएको छ । यो जम्वो दलदर्ता कितावले चाहेको बेला कुनै पनि दलको विवरण तुरुन्त प्राप्त गर्न सकिने, लामो समयसम्म संरक्षित रुपमा राख्न सकिने, रेकर्ड नहराउने र दलहरुको विवरण भर्न सजिलो हुने आयोगको दावी छ । आजैदेखि अभिलेख राख्न शुरु गरिने यो कितावमा, हालका ७४ पार्टी विवरण राख्न १ सय ११ दिन लाग्ने छ ।
|
|
|
|
|