Jul 29, 2010 19:45:57
मातृका जनकपुरमा
» Nep » Eng
March 11, 2010 -- Updated 1036 GMT (1621 NST)

नेकपा माओवादीका संयोजक मातृका यादवले एकीकृत माओवादीका लडाकुलाई नेपाली सेनामा समायोजन गर्न नहुने बताउनु भएको छ । उनीहरुका लागि छुट्टै बटालियन बनाउनु पर्ने उहांको सुझाव छ । जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै उहांले माओवादी, कांग्रेस र एमाले संविधान निर्माणप्रति गम्भीर नभएको र जेठ १४ भित्र संविधान पनि नबन्ने दावी गर्नुभयो । उता, दाङको घोराहीमा पत्रकारहरुसंग कुरा गर्दै नेकपा मालेका महासचिव सीपी मैनालीले राजनीतिक निकासका लागि माओवादी बाधक बनेको आरोप लगाउनु भयो । सरकारमा जान पाए मात्रै संविधान निर्माण र शान्तिप्रक्रियामा सघाउँछु भन्ने माओवादी सोच नै निकासको वाधक भएको उहांको भनाइ थियो ।