Jul 29, 2010 20:23:34
विरोध र्‍याली
» Nep » Eng
March 11, 2010 -- Updated 1033 GMT (1618 NST)

जमिम शाहको हत्यामा प्रयोग भएको मोटरसाइकल बेच्ने रिकण्डिसन हाउसका रोशन पाण्डे र दिलिप थापालाई रिहा गर्न माग गर्दै रिकण्डीसन सञ्चालकहरुले राजधानीमा विरोध र्‍याली निकालेका छन् । कालो झण्डा सहित निकालिएको मोटरसाइकल र्‍याली नयाँ वानेश्वर, माइतिघर, थापाथली हुँदै टेकुमा पुगेको थियो । र्‍यालीका सहभागीले बाटोमा पर्ने मोटरसाइकल पसल र रिकण्डीसन हाउस पनि बन्द गराएका थिए । जबर्जस्ती बन्द गराउने क्रममा नयाँ वानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच सामान्य झडप समेत भएको थियो ।