संविधान निर्माणका क्रममा उत्पन्न जटिलता सम्बन्धी बुँदाहरु सञ्चार माध्यमलाई दिएको भन्दै माओवादीले आपत्ति जनाएपछि संवैधानिक समितिको आजको बैठक अगाडि बढन सकेन । माओवादी संसदीय दलका उपनेता नारायणकाजी श्रेष्ठले संवैधानिक समितिको हिजोको बैठकमा सदस्यलाई दिइएको बुँदा सञ्चारमाध्यमलाई बितरण गरेको भन्दै आपत्ति प्रकट गरेपछि बैठक भोलि सम्मका लागि स्थगित भयो । समितिको हिजोको बैठकमा संविधान निर्माणका जटिलतालाई बुँदागत रुपमा बितरण गरिएको थियो । समितिमा माओवादी सभासद्ले निर्णयभएजस्तो गरी पत्रपत्रिकामा कसरी आयो भनी होहल्ला गरेका थिए । आजको बैठकमा संवैधानिक अंगको संरचना निर्धारण समितिको प्रतिवेदनमा छलफल गर्ने कार्यक्रम थियो ।