सरकारले धुमपान तथा सूर्तिजन्य पदार्थको र्सार्वजनिक बिक्री बितरणमा रोक लगाउने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयले बिधायन समितिमा पेश गरेको विधेयक पास भएपछि धुमपान तथा सूर्तिजन्य पदार्थको खुद्रा बिक्री गर्न पाइने छैन । सभासदहरुले भने निश्चित पसलमा मात्रै बिक्री गर्न पाउने प्रस्ताव गरेका छन् । कांगे्रस सभासद गगन थापाका अनुसार विधेयकमा र्सार्वजनिक स्थलमा सेवन गर्न नपाइने उल्लेख गरिएको छ । विधायन समितिको आजको बैठकमा स्वास्थ्य राज्यमन्त्री खडकबहादुर बस्याल सार्कीले प्रस्तावित विधेयक ऐन बनेर लागु गर्दा मुलुकमा ठूलो आर्थिक भार पर्ने भएकाले वैकल्पिक व्यवस्था गर्न आग्रह गर्नुभयो ।