Jul 29, 2010 19:45:16
शंकर पोख्रेल
» Nep » Eng
March 11, 2010 -- Updated 1029 GMT (1614 NST)

संचारमन्त्री शंकर पोख्रेलले नेपालको शान्ति प्रक्रियालाई सहयोग पुर्‍याउन आएको अनमिनले सरकारलाई असहयोग गरेको गुनासो गर्नुभएको छ । प्रधानमन्त्री स्वयं सहभागी विशेष समिति मातहतका माओवादी लडाकुलाई गोपनियतासँग जोडेर अनमिनले मर्यादा विपरीत काम गरिरहेको उहाँको आरोप थियो । पोखरामा संचारकर्मीहरुसँग मन्त्री पोख्रेलले लडाकुको विवरण माग्दा सरकारविरुद्ध नै प्रतिवाद गर्ने अनमिनको कार्यशैली अनुचित भएको बताउनुभयो ।