Jul 29, 2010 19:50:21
उपराष्ट्रपति
» Nep » Eng
March 11, 2010 -- Updated 1028 GMT (1613 NST)

उपराष्ट्रपति परमानन्द झाले सरकारले आफुलाई पदीय हैसियत अनुसारको सुविधा नदिएको गुनासो गर्नुभएको छ । उहाँले पुनः सपथ लिएपछि पनि सरकारले काम नदिएर आफुलाई निश्त्रिय बनाएको गुनासो गर्नुभयो । आज महेन्द्रनगरमा संचारकर्मीसँग कुरा गर्दै उहाँले सरकारले भ्रमण खर्च नदिएको विषयमा भने केहि गुनासो नभएको वताउनुभयो । उपराष्ट्रपति परमानन्द झाले जसरी भएपनि तोकिएको समयमा संविधान जारी गर्नुपर्नेमा पनि जोड दिनुभयो । संविधान नबनेसम्म देशले निकास नपाउने भन्दै उहाँले दलहरुले संविधान लेखनलाई मुख्य प्राथमिकता दिनुपर्ने वताउनुभयो । बिहिबार भारतको हरिद्वारमा १२ बर्षा लाग्ने कुम्भ मेलामा दर्शन गर्न जाने सिलसिलामा उपराष्ट्रपति आज कञ्चनपुर जानुभएको हो ।