Jul 29, 2010 20:02:18
राष्ट्रपति
» Nep » Eng
March 11, 2010 -- Updated 1026 GMT (1611 NST)

विभिन्न धर्ममा आस्था राख्नेहरुको सामूहिक संस्था अन्तर धार्मिक परिषद्ले आज राष्ट्रपति डा. रामवरण यादवलाई ज्ञापनपत्र बुझाएको छ । परिषद्ले देशभर गरेका धार्मिक गोष्ठीबाट प्राप्त सुझावहरुलाई समेटेर राष्ट्रपति यादबलाई १० बुँदे ज्ञापनपत्र बुझाएको हो । नेपाललाई धर्म निरपेक्ष राज्य बनाइएपछि धार्मिक द्वन्द बढेको भन्दै परिषदले नेपाललाई पुनः हिन्दू राज्य कायम गर्नुपर्ने, धार्मिक मन्त्रालय गठन गर्नुपर्ने र समलिंगी अधिकारबारे संविधानमा उल्लेख गर्न नहुने लगायतका माग राखेको छ । ज्ञापनपत्र बुझाएपछि परिषद्का अध्यक्ष दामोदर गौतमले राष्ट्रपतिले धार्मिक सहिष्णुता कायम गर्न परिषद्ले उठाएका मागलाई पुरा गराउन सक्दो प्रयास गर्ने आश्वासन दिएको जानकारी दिनुभयो ।