Jul 29, 2010 19:56:05
माओवादीको सत्ताकब्जा रणनीति
» Nep » Eng
March 11, 2010 -- Updated 1023 GMT (1608 NST)

संविधानसभाको चुनावपछि सबैभन्दा ठूलो दल बनेको एकीकृत नेकपा माओवादी यतिबेला प्रतिपक्षमा छ । प्रधानसेनापति प्रकरणमा हठात् सत्ता छाडेपछिको यो अवधिमा सरकारमा पुग्न उस्ले भगिरथ प्रयत्न त गरिरहेको छ तर गणितीय खेलमा फसेको नेपाली राजनीतिमा ३०१ संख्या पुर्‍याउन नसक्दा सत्ता माओवादीबाट अझै टाढा नै देखिन्छ । आफ्नो नेतृत्वमा सरकार बनाउन राष्ट्रिय सरकारको अवधारणा ल्याएको माओवादीले पटक पटक आफैले शत्रुको व्यवहार गर्ने नेपाली सेनालाई पनि फकाउन थालेको छ ।