Jul 29, 2010 19:52:33
प्रधानमन्त्री
» Nep » Eng
March 11, 2010 -- Updated 1022 GMT (1607 NST)

प्रधानमन्त्री माधवकुमार नेपालले संविधान जारी गर्नु अघि नै माओवादी लडाकुको समायोजन गरिसक्नुपर्नेमा पुनः जोड दिनुभएको छ । प्रधानमन्त्री नेपालले माओवादी सेनाको समायोजन नगरी तोकिएको समयमा संविधान जारी हुन नसक्ने वताउनुभयो । उदयपुरको बेल्टार बजारमा नेपाल कम्युनिष्ट पार्टी संस्थापक नेता पुष्पलाल श्रेष्ठको सालिक अनावरणपछि आयोजित सभालाई सम्वोधन गर्दै प्रधानमन्त्री नेपाललले समयमा सविधान जारी नभए मुलुक गम्भीर दुर्घटनातिर अग्रसर हुने भन्दै संविधान लेखनका लागि गम्भीर हुन दलहरुलाई आग्रह गर्नुभयो ।