सरकारले द्वन्द्वपीडित पत्रकारका लागि कल्याण कोष स्थापना गर्न निर्देशिका ल्याएको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद बैठकले वरिष्ठ पत्रकार सम्मानका लागि अक्षय कोष स्थापना गर्ने निर्णयपनि गरेको छ । बैठकले सूचना प्रविधि नीति २०६६ पनि पारित गरेको छ । निजी भ्रमणमा भारत जान लाग्नु भएका उपराष्ट्रपति परमानन्द झालाई सुरक्षा उपलब्ध गराउने निर्णयगर्दै सरकारले भ्रमण खर्च भने नदिने निर्णयभएको छ । उपराष्ट्रपतिसंगै जाने सुरक्षा र अन्य अधिकारीहरुलाई भने खर्च दिने निर्णयभएको पर्यटन मन्त्री शरत्सिंह भण्डारीले जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्रीले र्सवसाधारणले महशुस गर्नेगरी केही दिनभित्रै सुरक्षा व्यवस्था सुदृढ पार्न गृहमन्त्रीलाई निर्देशन दिनु भएको थियो । बैठकमा सुरक्षा रणनीतिका सम्बन्धमा पनि छलफल भएको थियो । शहीद छानविन आयोगको म्याद थप गर्दै मन्त्रीपरिषदले श्रेणीविहीन कर्मचारीका लागि सुविधा थप गर्ने निर्णयपनि गरेको छ ।