Jul 29, 2010 20:25:21
एमाले बैठक
» Nep » Eng
March 11, 2010 -- Updated 1018 GMT (1603 NST)

एमालेले र्सार्मथ्य, पहिचान र ऐतिहासिकतालाई आधार बनाएर राज्य पूर्नसंरचना गर्नुपर्ने निर्णयगरेको छ । केन्द्रीय कमिटि बैठकमा जातीय राज्यको कुरा उठेपनि त्यसलाई अस्वीकार गर्दै एमालेले जातीय बाहेकका अरु आधारलाई मुख्य विषय बनाएर राज्य पूर्नसंरचना गर्नुपर्ने निर्णयगरेको हो । बैठकको प्रदेशहरुको संख्याको बारेमा भने कुनै निर्णयगरेन । बैठकले तत्काल राज्य पूर्नर्संरचना आयोग गठन गरि प्रदेशको सङ्ख्या र सिमा टुङ्गो लगाउनुपर्नेमा जोड दिएको छ । त्यसैगरि बैठकले पार्टी घोषणापत्र अनुसार प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने शासककीय स्वरुपको पक्षमा उभिने निर्णयगरेको छ । एमालेमा शासकीय स्वरुपको विषयमा पनि ब्यापक विवाद भएको थियो । आजको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष झलनाथ खनाल निकटका सदस्यहरुले गृह राज्यमन्त्री अन्सारीको राजिनामाबारे प्रधानमन्त्री माधवकुमार नेपालले स्पष्ट पार्नुपर्ने माग गरेका थिए । योगेश भट्टर्राई, ठाकुर गैरे लगायतका सदस्यहरुले गृह राज्यमन्त्रीको राजिनामा मागिनुको कारण स्पष्ट नभएसम्म अन्य विषयमा छलफल गर्न नहुने अडान राखेका थिए । प्रधानमन्त्री नेपाल र केपी ओली निकट सदस्यहरुले भने असहमति र असन्तुष्टी पार्टी वा प्रधामन्त्री समक्ष राख्नुपर्नेमा राज्यमन्त्री अन्सारीले र्सार्वजनिक भाषण गर्दै हिंडेकोले प्रधानमन्त्रीले उनको राजिनामा माग्नु स्वाभाविक भएको तर्क गरेका थिए । वादविवाद बढ्दै गएपछि अध्यक्ष झलनाथ खनालले सरकारको कामबारे पछि छलफल गरौंला भन्दै अन्य विषयमा छलफल गर्न रुलिङ गरेपछि बैठक अघि बढेको थियो ।