Jul 29, 2010 20:14:32
रिजवान अन्सारी
» Nep » Eng
March 11, 2010 -- Updated 1104 GMT (1649 NST)
रिजवान अन्सारी
रिजवान अन्सारी

प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशन अनुसार गृह राज्यमन्त्री मोहम्मद् रिजवान अन्सारीले आज पदबाट राजिनामा दिनुभएको छ । आज साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगी उहांले प्रधानमन्त्रीलाई राजिनामा बुझाउनु भएको हो । राजिनामा बुझाएर फर्किएपछि अन्सारीले प्रधानमन्त्रीले आफ्नो राजिनामा मागेर आफूलाई आर्श्चर्यचकित पारेको बताउनु भयो । उहाँले गृहमन्त्री भीम रावलकै कारण शान्ति सुरक्षाको स्थिति विग्रिएको दोहोर्‍याउनु भयो । राजिनामा बुझाउने क्रममा प्रधानमन्त्री नेपालले आफ्नो आग्रह अनुसार राजिनामा दिएर सहयोग गरेकोमा धन्यवाद दिएको उहाँको भनाइ थियो । प्रधानमन्त्रीले आजै उहाँको राजिनामा स्वीकृत गर्नुभएको छ । अन्सारीले गृहमन्त्री भीम रावलले राजिनामा नदिएसम्म देशको शान्ति सुरक्षाको अवस्थामा सुधार नआउने अभिब्यक्ति र्सार्वजनिक रुपमै दिएपछि उत्पन्न विवादलाई लिएर प्रधानमन्त्रीले अन्सारीको राजिनामा माग्नु भएको थियो ।