तनहुँको भीरकोटबाट सदरमुकाम दमौलीतर्फआउंदै गरेको जीप काहुँ शिवपुर गाविसको लेटाङमा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । घटनामा १३ जना घाइते भएका छन् । घाइते मध्ये २ को अवस्था गम्भीर रहेको छ । मृतकहरुको सनाखत हुन नसकेको तनहुं प्रहरीले जनाएको छ । घाइतेहरुको तनहुँ र पोखराका अस्पतालमा उपचार भैरहेको छ । अनुमानित २५ जना यात्रु बोकेको सो जीप झण्डै एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनास्थल दमौलीबाट तीन घण्टाको पैदल दूरीमा पर्ने भएकाले उद्धारमा ढिलाई भएको बताइएको छ । यता, भक्तपुरको कौशलटारमा बसले मोटर साइकललाई ठक्कर दिंदा मोटर साइकल चालकको मृत्यु भएको छ ।