Jul 29, 2010 20:25:11
सोलुखुम्बुमा गाडी
» Nep » Eng
March 10, 2010 -- Updated 0829 GMT (1414 NST)

विकट हिमाली जिल्ला सोलुखुम्बुमा पनि गाडी पुगेको छ । ओखलढुङ्गादेखि सोलुखुम्बु जोड्ने सडकको स्थानीय विकास मन्त्री पूर्णकुमार शेर्माले उद्घाटन गरेपछि सोलुखुम्बु सडक संजालमा जोडिएको हो । १८ करोड ५० लाख रुपैयाँको लागतमा बनेको ओखलढुङ्गाको रमाइलो डाँडादेखि सोलुखुम्बुको फाप्लुसम्मको ५९ किलोमिटर सडक आगामी बर्षकालोपत्रे गर्ने योजना छ । गाडी पुगेपछि सोलुखुम्बुका थुप्रै स्थान पर्यटकका लागि आकर्ष गन्तब्य हुने अपेक्षा गरिएको छ ।