Jul 29, 2010 19:51:37
शंकर पोखरेल
» Nep » Eng
March 10, 2010 -- Updated 0822 GMT (1407 NST)
शंकर पोखरेल
शंकर पोखरेल

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री शंकर पोखरेलले सञ्चार उद्यमीद्वय जमिम शाह र अरुण सिंघानियाको हत्या संचार उद्यमी भएकाले भन्दा पनि ब्यक्तिगत कारणले भएको हुन सक्ने तर्क गर्नुभएको छ । व्यवस्थापिका संसदको विकास समितिको बैठकमा मन्त्री पोखरेलले दुबै उद्यमीको हत्याका पछाडि व्यक्तिगत र व्यावसायिक कारण रहेको बताउनुयभो । उनीहरुको हत्यापछि अपराधीप्रति भन्दा पनि राज्यप्रति आक्रोश व्यक्त भएकोमा उहाँले दुःख व्यक्त गर्नुभयो । अनुसन्धानको प्रक्रिया जारी रहेकाले केही समय धैर्य गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।