Jul 29, 2010 19:53:01
चित्रबहादुर केसी
» Nep » Eng
March 10, 2010 -- Updated 0821 GMT (1406 NST)

संघीयताविरुद्ध आन्दोलन गर्दै आएको राष्ट्रिय जनमोर्चा नेपालले संघीयताबारे इलेक्ट्रोनिक माध्यमबाट जनमत संकलन गर्न थालेको छ । आज राजधानीमा पत्रकार सम्मेलन गरी पार्टीअध्यक्ष चित्रबहादुर केसीले यसको सुरुवात गर्नुभयो । यस अभियान अर्न्तर्गत संघीयताको पक्षमा हुनेले मोबाइलको मेसेज बक्समा गई संघीयता स्पेश एस र संघीयताको विपक्षमा हुनेले संघीयता स्पेश नो गरी ५४३२ मा एसएमएस पठाउन सक्ने बताइएको छ । यो अभियानको नतिजा डब्लु डट संघीयता डट ओआरजी मा हेर्न सकिने सो पार्टी जनाएको छ । संघीयताका पक्षधरहरुबीच नै मतभेद भइरहेका बेला इ-जनमत मार्फत जनताको भावना बुभ\\mन मद्दत पुग्ने जनमोर्चाले जनाएको छ ।