संविधान लेखनको काम पूरा हुनु अघि नै माओवादी लडाकुको व्यवस्थापन गर्नुपर्नेमा राजनीतिक दलका नेताहरुले जोड दिएका छन् । नेपाल तरुण दलले आज राजधानीमा गरेको कार्यक्रममा सिंचाई मन्त्री बालकृष्ण खाँडले विगतमा भएका सहमति बमोजिम नै लडाकुको व्यवस्थापन गर्न सरकार तयार रहेको भएपनि माओवादीहरु त्यसो गर्न तयार नभएको जिकिर गर्नुभयो । माओवादी नेता जनार्दन शर्माले आफूहरु पनि यथाशीघ्र लडाकु व्यवस्थापन गर्न इच्छुक रहेको भन्दै त्यसका लागि कहाँ के सहमति गर्नुपर्छ त्यो गर्न तयार रहेको दावी गर्नुभयो । त्यस्तै एमाले नेता प्रदीप ज्ञवालीले माओवादीले सबै लडाकुलाई सेनामै समायोजन गर्नुपर्ने ढिपी नछाडेकाले सबै काम ढिला भइरहेको बताउनु भयो ।