Jul 29, 2010 20:06:41
एमाले बैठक
» Nep » Eng
March 10, 2010 -- Updated 0812 GMT (1357 NST)

एमाले केन्द्रीय कमिटि बैठकमा राज्यको पूर्नर्संरचना र शासकीय स्वरुपबारे साझा धाराणा बनाउनका लागि छलफल शुरु भएको छ । राज्य पूर्नर्संरचना र शासकीय स्वरुपको विषयमा एमालेमा दुई थरी मत देखिएपछि सबैका सुझाव समेटेर एउटै धारणा बनाउने गरी छलफल अघि वढाइएको एमालेले जनाएको छ । जातीय वा अन्य आधारमा राज्यको पूर्नसंरचना गर्ने भन्ने विषयमा एमालेभित्र गम्भीर विवाद छ । त्यसैगरी शासकीय स्वरुपका सम्बन्धमा पनि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा संसदबाट निर्वाचित प्रधानमन्त्री भन्नेमा सदस्यहरुबीच विवाद छ ।